आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

गोकर्णेश्वर ७ को वडा अध्यक्षमा एमालेका केशव गुरुङ विजयी

गोकर्णेश्वर खबर४ जेष्ठ २०७९, बुधबार ०१:२० मा प्रकाशित (१ साल अघि) ११२० पाठक संख्या

४ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार केशव गुरुङले जितेका छन् ।

गुरुङले ४८८ मत ल्याई नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार कुमार अर्याललाई पराजित गरेका हुन् । कुमार अर्यालले ४५० मत पाएका छन् । केशव गुरुङ ३८ मतले वडा अध्यक्षमा विजयी भएका हुन् ।

वडा अध्यक्ष र खुल्ला सदस्य एमालेले जिते पनि ३ वटै वडा सदस्य नेपाली कांग्रेसले जितेको छ ।

यसैगरी, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ५१९ मत पाएका छन् भनें एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ३९९ मत पाएका छन् ।

यस वडामा कांग्रेसका मेयरका उम्मेदवारले १२० मतले अग्रता लिएका छन् ।

यस वडामा कांग्रेसका उपमेयरले ५३७ मत पाएका छन् भनें र एमालेका उपमेयरले ४२७ मत पाएका छन् ।

कुल मतदाता १७४१ जना रहेको यस वडामा १३५१ मत खसेको थियो ।