आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वरको मेयरमा ४७० मतले दीपक रिसालको अग्रता

गोकर्णेश्वर खबर३ जेष्ठ २०७९, मंगलवार २२:०८ मा प्रकाशित (१ साल अघि) १२३४ पाठक संख्या

३ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वरको ६ वटा वडाको मतगणना सकिँदासम्म नगरको मेयर र उपमेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
मेयरमा कांग्रेसका दीपक रिसालले ७१७३ मत प्राप्त गरि निकटम प्रतिद्वन्दी एमालेका उद्वब बिष्टलाई ४७० मतले पछि पारेका छन् । एमालेका मेयरका उम्मेदवार विष्टले ६७०३ मत ल्याएका छन् ।

यसैगरी, उपमेयरमा कांग्रेसकै शान्ति नेपालले ६७२६ मत ल्याई निकटतम प्रतिद्वन्दी एमालेकी सान्नानी लामालाई ३६ मतले पछि पारेकी छिन् । एमालेकी उपमेयरका उम्मेदवार लामाले ६६९० मत ल्याएकी छिन् ।

कुन वडामा कुन पार्टीको वडा अध्यक्ष 

गोकर्णेश्वर नगरपालिकामा ४ वडा अध्यक्ष नेकपा एमालेले जितेको छ । एमालेले वडा नं. १, २, ३ मा पुरै प्यानलनै जिते पनि वडा नं. ६ मा वडा अध्यक्ष मात्र जितेको छ ।

यसैगरी, नेपाली कांग्रेसले वडा नं. ५ मा वडा अध्यक्ष सहितको प्यानलै जितेको छ भनें वडा नं. ४ मा ३ जना वडा सदस्य जितेको छ । वडा नं. ४ मा कांग्रेसले मेयर र उपमेयरमा समेत एमालेको भन्दा धेरै फराकिलो मत पाएको छ । वडा नं. ४ को वडा अध्यक्षमा कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार जयराम महत वडा अध्यक्षमा विजयी भए ।

गोकर्णेश्वरको वडामा कुन पार्टीले जित्यो ?

१. वडा नं. १ मा एमालेको प्यानल नै विजयी ।
२. वडा नं. २ मा एमालेको प्यानल नै विजयी ।
३. वडा नं. ३ मा एमालेको प्यानल नै विजयी ।
४. वडा नं. ४ अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी, ३ जना वडा सदस्य कांग्रेसबाट विजयी, १ जना वडा सदस्य एमालेको विजयी ।
५. वडा नं. ५ मा कांग्रेसको प्यानल नै विजयी ।
६. वडा नं. ६ मा एमालेको वडा अध्यक्ष र कांग्रेसबाट ४ जना वडा सदस्य विजयी ।