आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर ६ को वडा अध्यक्षमा एमालेका नवराज लामा विजयी

गोकर्णेश्वर खबर३ जेष्ठ २०७९, मंगलवार २१:०० मा प्रकाशित (१ साल अघि) ९७६ पाठक संख्या

३ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार नवराज लामाले वडा अध्यक्षमा जितेका छन् ।

नवराज लामाले १४२७ मत ल्याई नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार दीपक लामालाई पराजित गरेका हुन् । दीपक लामाले १३५० मत पाएका छन् । नवराज लामा ७७ मतले वडा अध्यक्षमा विजयी भएका हुन् ।

यस वडामा अध्यक्ष एमालेले जिते पनि ४ वटै वडा सदस्य नेपाली कांग्रेसले जितेको छ ।

यसैगरी, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले १३०७ मत पाएका छन् भनें एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ११७३ मत पाएका छन् । यस वडामा कांग्रेसका मेयरका उम्मेदवारले १३४ मतले अग्रता लिएका छन् ।

यस वडामा कांग्रेसका उपमेयरले १२३८ मत पाएका छन् भनें र एमालेका उपमेयरले ११९३ मत पाएका छन् ।

कुल मतदाता ५९८४ जना रहेको यस वडामा ३७०१ मत खसेको थियो ।

गोकर्णेश्वर वडा नं. ६ को मत परिणाम हेर्नुहोस् –