आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर ६ मा एमालेका नवराज लामाको अग्रता

गोकर्णेश्वर खबर३ जेष्ठ २०७९, मंगलवार १४:३६ मा प्रकाशित (१ साल अघि) ७०१ पाठक संख्या

३ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार नवराज लामाले अग्रता लिएका छन् ।
२५०१ मत गणना हुँदा नवराज लामाले ९७३ मत मत पाएका छन् भनें नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार दीपक लामाले ८९६ मत पाएका छन् । नवराज लामाले ७७ मतले अग्रता लिएका छन् ।

यसैगरी, मेयरमा कांग्रेसले ८७३ मत पाएको छ भनें एमालेले ७८५ मत पाएको छ । यस वडामा अहिलेसम्ममा कांग्रेसका मेयरका उम्मेदवारले ८८ मतले अग्रता लिएका छन् ।

यस वडामा कांग्रेसका उपमेयरले ८३५ र एमालेका उपमेयरले ८०४ मत पाएका छन् ।

कुल मतदाता ५९८४ जना रहेको यस वडामा ३७०१ मत खसेको थियो ।