आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वर ५ बाट कांग्रेसका मेयरलाई ३३६ मत अग्रता, कांग्रेसले जित्ने संभावना बढ्यो

गोकर्णेश्वर खबर३ जेष्ठ २०७९, मंगलवार १४:११ मा प्रकाशित (१ साल अघि) ४३५ पाठक संख्या

३ ज्येष्ठ, काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को मत गनिसक्दा नेपाली कांग्रेसका मेयर नेकपा एमाले भन्दा ३३६ मतले अगाडी छन् ।

गोकर्णेश्वरको वडा नम्बर १, २ र ३ सम्मको मतगणनामा एमाले अघि थियो । वडा नम्बर–४ को मतगणनामा कांग्रेसले मतान्तर घटाएको थियो ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले वडा नं. ५ को गणना पछि नगरपालिका भरीमा ५८६६ मत पाएका छन् भनें उनलाई पछ्याउँदै एमालेका उद्धव विष्टले ५५३० मत पाएका छन् ।

वडा नं. १ देखि ४ सम्मको मतगणनामा एमालेका मेयरले ४५७० मत ल्याएका थिए भर्ने कांग्रेसका मेयरले ४३८४ मत ल्याएका थिए ।
वडा नं. ५ मा एमालेका मेयरले ९६० मत ल्याई कांग्रेसका मेयरले १४८२ मत प्राप्त गर्दा कांग्रेसले नगरपालिका भरीमा ३३६ मत बढाएर अग्रता लिएको छ ।