आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

गोकर्णेश्वर ५ मा कस्ले कति मत पाए ?

गोकर्णेश्वर खबर३ जेष्ठ २०७९, मंगलवार ००:२० मा प्रकाशित (१ साल अघि) ६३४ पाठक संख्या

२ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसले भारी बहुमतका साथ प्यानलै जितेको छ ।

नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नारायण बहादुर सुवेदीले नेकपा एमालेका उम्मेदवारलाई दोब्बर भन्दा बढी लोकप्रिय मतले जितेका छन् ।

सुवेदीले १७५५ मत ल्याउँदा एमालेकी वडा अध्यक्षकी उम्मेदवार तारा कुमारी सिम्खडा पुडासैनीले ८१४ मत मात्र प्राप्त गरिन् ।
यसैगरी, कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले १४८२ मत पाएका छन् भनें एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ९६० मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवार शान्ति नेपालले १४७१ मत पाउँदा एमालेकी सान्नानी लामाले १०३० मत पाएकी छिन् ।

यसैगरी कांग्रेसको महिला सदस्यले १६६०, दलित महिला सदस्यले १५६९, सदस्यले १४७२ र १५३३ मत पाएका छन् भनें एमालेका महिला सदस्यले ९५६, दलित महिला सदस्यले ९५३, सदस्यले ९६४ र ९३१ मत पाएका छन् ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार गोपाल बरालले ६४७ मत पाएका छन् भनें उपमेयरका उम्मेदवार पेमा छिरि शेर्पाले ६०६ मत पाएका छन् । गठबन्धनका वडा अध्यक्षका उम्मेदवार मान बहादुर तामाङले ६५५ मत पाएका छन् ।

गोकर्णेश्वर वडा नं. ५ मा १०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसले वडा अध्यक्ष मात्र जितेको थियो अन्य ४ जना सदस्यहरु एमालेले जितेको थियो । यस पटक कांग्रेसले सबै पदमा क्लिन स्विप गरेको छ ।

हेर्नुहोस् गोनपा ५ को अन्तिम मत परिणाम –