आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर ५ मा लोकप्रिय मत सहित कांग्रेसको प्यानलै विजयी

गोकर्णेश्वर खबर२ जेष्ठ २०७९, सोमबार २३:११ मा प्रकाशित (१ साल अघि) ७६६ पाठक संख्या

२ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसले भारी बहुमतका साथ प्यानलै जितेको छ ।
नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नारायण बहादुर सुवेदीले नेकपा एमालेका उम्मेदवारलाई दोब्बर भन्दा बढी (९४१ मत) लोकप्रिय मतले जितेका छन् ।

सुवेदीले १७५५ मत ल्याउँदा एमालेकी वडा अध्यक्षकी उम्मेदवार तारा कुमारी सिम्खडा पुडासैनीले ८१४ मत मात्र प्राप्त गरिन् ।

२०७४ सालको चुनावमा वडा नं. ५ मा वडा अध्यक्षमात्र जितेको कांग्रेसले यस पटक लोकप्रिय मत सहित सबै उम्मेदवारहरुले फराकिलो मतान्तर सहित जिते पछि वडा अध्यक्ष नारायण सुवेदीले विगत ५ वर्षमा वडावासीलाई गरेको सेवाको पुरस्कारका रुपमा जानकारहरुले बताए ।

५ वर्षमा वडाको चौतर्फि विकासमा खेलेको भुमिका, कोरोना कहरमा गरेको कामहरु, ५ वर्षमा वडावासीको चाहना र भावनालाई समेटेर काम गरेकै कारण वडावासीले माया गरेर लोकप्रिय मत सहित विजय गराएको जित पछि गोकर्णेश्वर खबरलाई संक्षिप्त प्रतिक्रिया दिंदै सुवेदीले बताए ।

पहिलो कार्यकालमा वडावासीको सेवामा, वडाको विकासमा गरेको कामको मुल्यांकन गरेर आफू सहित कांग्रेसको टिमलाई जिताएकोमा सुवेदीले आम मतदाता र वडावासीहरुलाई धन्यवाद दिए ।

हेर्नुहोस् गोनपा ५ को अन्तिम मत परिणाम –