आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर

गोकर्णेश्वर खबर२ जेष्ठ २०७९, सोमबार १५:३६ मा प्रकाशित (१ साल अघि) ५२७ पाठक संख्या

२ जेठ, काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र दामोदार दास मोदीको उपस्थितिमा दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा सोमबार शैक्षिक, साँस्कृतिक एवम् प्राविधिक विषयमा सहकार्य गर्नेसम्बन्धी बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारतका प्रतिनिधि मण्डलबीच विभिन्न पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रको पूर्ण विवरण

१. लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।

२. सेन्टर फर नेपाल एण्ड एसियन स्टडिस (सिएनएस) र त्रिभुवन विश्वविद्यालयसँग इन्डियन काउसन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।

३. काठमाडौं विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) सँग सम्झौता ।

४. काठमाडौं विश्वविद्यालय र नेपाल एण्ड द इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी मदरासवीच सम्झौता ।

५. अरुण ४ निर्माण गर्न एसजेभीएन कम्पनीबीच सम्झौता ।

यसैबीच, भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।