आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रधानमन्त्री देउवाद्वारा गौतमबुद्ध विमानस्थल र बौद्व सम्मेलन केन्द्रको उद्घाटन

गोकर्णेश्वर खबर२ जेष्ठ २०७९, सोमबार १०:३४ मा प्रकाशित (१ साल अघि) ३९३ पाठक संख्या

२ ज्येष्ठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बौद्व सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यो विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको समुद्घाटन गरेका छन् । सोमबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गरेका हुन् । पाँच हजार जना अट्ने क्षमताको सो हल बनेपछि यहाँ हुने सम्मेलन र समारोहहरु सन्चालनका लागि सहज हुनेछ ।