FLASH NEWS
आज: १५ असार २०७९, बुधबार | Wed, 29, Jun, 2022 Gokarneshwor TV HD

गोकर्णेश्वर ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार जयराम महत विजयी

गोकर्णेश्वर खबर२ जेष्ठ २०७९, सोमबार ०८:५८ मा प्रकाशित (१ महिना अघि) ४८५ पाठक संख्या

२ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार जयराम महतले जितेका छन् । नेपाली कांग्रेसले वडा अध्यक्षको उम्मेदवारी नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका महतले १०२७ मत ल्याएर वडा अध्यक्ष जितेका हुन् ।

महतका निकटतम् प्रतिद्वन्दी एमालेका श्रीकुमार श्रेष्ठले ९२९ मत पाए भनें कांग्रेसका ज्ञान कुमार श्रेष्ठले ७९४ मत पाएका छन् ।

गोकर्णेश्वर नगरपालिकाको वडा नं. १, २ र ३ वडामा लगातार विजयी भएको एमालेलाई स्वतन्त्र उम्मेदवारले वडा नं. ४ मा रोकेका छन् । यस वडाबाट कांग्रेसका मेयर र उपमेयरले एमालेसँगको मतान्तर घटाएका छन् ।

वडाको अन्य सदस्यहरूमा कांग्रेसले दलित महिला सदस्यसमेत गरी २ खुल्ला सदस्य र एमालेले १ महिला सदस्य जितेको छ ।

महत नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ (ख) का प्रदेश सचिव थिए । उनलाई नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धनले समर्थन गरेको थियो ।

वडा नं. ४ को अन्तिम मत परिणाम हेर्नुहोस् –