आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वर ४ को वडा अध्यक्षमा लौरोलाई अग्रता

गोकर्णेश्वर खबर१ जेष्ठ २०७९, आईतवार २२:०७ मा प्रकाशित (१ साल अघि) १८९३ पाठक संख्या

१ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार जयराम महतले अग्रता लिएका छन् ।

१४०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार महतले ४२२ मत पाएका छन् भनें एमालेका श्रीकुमार श्रेष्ठले ३९२ र कांग्रेसका ज्ञान कुमार श्रेष्ठले ३३७ मत पाएका छन् ।

नेपाली कांग्रेसले वडा अध्यक्षको उम्मेदवारी नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका महतलाई नेकपा एस र माओवादी केन्द्रको गठबन्धनले साथ दिएको छ ।

महत निकटतम् प्रतिश्पर्धी एमालेका श्रीकुमार श्रेष्ठ भन्दा ३० मतले अगाडी रहेका छन् । कांग्रेसका ज्ञान कुमार श्रेष्ठ भन्दा ८५ मतले अगाडी छन् ।