आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कांग्रेसका बागीले जिते वडाध्यक्ष

गोकर्णेश्वर खबर१ जेष्ठ २०७९, आईतवार १६:३५ मा प्रकाशित (१ साल अघि) १२१८ पाठक संख्या

दाङ । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको वडामा कांग्रेसकै बागी उम्मेदवारले वडाध्यक्ष जितेका छन्।

पार्टीले टिकट नदिएपछि धारा चुनाव चिन्हबाट निर्वाचन लडेका शान्तिनगर गाउँपालिका वडा नं. २ का २३ वर्षीय सुनिल वलीले १०७ मतान्तरका साथ वडाध्यक्ष जितेका हुन्।

प्राप्त मत परिणाम अनुसार वलीले ७४८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ठाकुर केसीले ६४१ मत प्राप्त गरेका थिए।

त्यस्तै,नेपाली कांग्रेसकी उम्मेदवार टोपेन्द्रा खड्काले ४७६, नेकपा एमालेका पूर्णबहादुर वलीले ३१४ मत, नेकपा एकीकृत समाजवादीका खम्बु जैसीले १४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टंकप्रसाद पाण्डेले वडाध्यक्षमा जम्मा ३ मात्रै प्राप्त गरेका छन्।

स्वतन्त्रबाट उम्मेदवारी दिएका वली टिमबिना नै एक्लै वडाध्यक्षमा भिडेका थिए।

पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेस दाङले वैशाख २९ गतेमात्रै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

यो वडामा कुल २०८६३ मतदाता थिए भने १४८०१ मत खसेको थियो।