आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

राप्रपाले अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

गोकर्णेश्वर खबर१ जेष्ठ २०७९, आईतवार १६:३० मा प्रकाशित (१ साल अघि) २७९ पाठक संख्या

काठमाडौं। स्थानीय तहको निर्वाचनमा राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ ।
यी हुन् विजयी वडाध्यक्ष
१. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी प्यानलसहित विजयी।
२. नवलपरासीको रामग्राम–३ को वडाध्यक्षमा उज्ज्वल न्यौपाने प्यानलसहित विजयी ।
३. नवलपरासीकै प्रतापपुर–३ को वडाध्यक्षमा रामनरेश यादव प्यानलसहित विजयी।
४. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ को वडाध्यक्ष केशव खत्रीत प्यानलसहित विजयी ।
५. कपिलवस्तुको कृष्णनगर–१ को वडाध्यक्ष टुंगनाथ चौधरीको प्यानलसहित विजयी ।
६. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ को वडाध्यक्ष लक्ष्मण मेहता प्यानलसहित विजयी।
७. रुपन्देहीको रोहिणी गाउँपालिका–१ को वडाध्यक्षमा अलि पठान निर्वाचित ।
८. चितवनको माडी नगरपालिका–१ को वडाध्यक्षमा अमित लामा निर्वाचित ।
९. सिद्धार्थनगर नगरपालिका–२ को वडाध्यक्षमा छेदीलाल श्रीवास्तव निर्वाचित
१०. नवलपरासीको रामग्राम–१ मा राप्रपाका रुद्रप्रसाद सिंह वडाध्यक्षमा निर्वाचित ।
११. डोटीको केआईसिंह गाउँपालिका–७ को वडाध्यक्षमा दिलबहादुर बलायर विजयी ।
१२. बैतडीको सुर्नया गाउँपालिका–२ मा गणेशबहादुर विष्ट विजयी ।
१३. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का अध्यक्ष उमेश कार्की विजयी ।
१४. धादिङको खनियाबास गाउँपालिका–१ वडाध्यक्षमा सोनाम तामाङ विजयी ।
१५. रुपहेन्दीको ओमसतियामा बेलबहादुर बराल बिजयी ।
१६. कञ्चनपुरको दोधारा चाँदनी–१ को वडाध्यक्षमा बिक्रम चन्द विजयी ।
१७. धादिङको खनियाबास–२ को वडाध्यक्षमा अरुण तामाङ विजयी ।
१८. रुपन्देहीको सियारी गाउँपालिका–१ को वडाध्ध्यक्षमा अरुण शाही विजयी ।