आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता, वडा १, २, ३ मा विजयी

गोकर्णेश्वर खबर१ जेष्ठ २०७९, आईतवार १६:१३ मा प्रकाशित (१ साल अघि) ३५३ पाठक संख्या

कीर्तिपुर, जेठ १ गते । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशरत्न बज्राचार्यले एक हजार ६०५ प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जन तेश्राे स्थानमा रहनुभएकाे छ ।
उपप्रमुखमा साेही पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले दुई हजार ३०३ मत प्राप्त गर्नुभएको छ ।
दश वडा रहेको उक्त नगरपालिका–१ मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गर्नुभयो ।
वडा नं २ मा कांग्रेसका रुपेश महर्जनले ८८६ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डङ्गोलले ६९७ मत प्राप्त गर्नुभयो । वडा नं ३ मा कांग्रेसका सुविन्द्र महर्जनले ९८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत प्राप्त गर्नुभयो । अन्य वडाको मतगणना जारी छ । कुल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो ।
-रासस