आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी

गोकर्णेश्वर खबर१ जेष्ठ २०७९, आईतवार १६:०६ मा प्रकाशित (१ साल अघि) ३७९ पाठक संख्या

थवाङ, जेठ १ गते । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर ुसविनु निर्वाचित हुनुभएको छ । उहाँले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०५मत आएको छ ।

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०५मत आएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२मत ल्याई विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७मत पाएका थिए । यस विषयमा आधिकारिक धारणा आउन बाँकी छ ।

रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक स्वतन्त्र विजयी

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा ९माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बहत्तर वडा रहेको रोल्पामा २० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

नेकपा माओवादी केन्द्र विजयी भएका वडाहरु

रोल्पा नगरपालिका–१ मा खुमबहादुर थापा वडा नं २ मा प्रकाश डाँगी, वडा नं ४ मा मित्रलाल गुरुङ र वडा नं ५ मा टोपबहादुर नेपाली वडा नंं ६ मा तुलबहादुर घर्तीमगर माओवादीबाट विजयी हुुनुभएको हो ।

सुनिलस्मृति गाउँपालिका–१ मा गोवद्र्धन कँवर र वडा नंं ३ मा दुर्गाहबहादुर विष्ट लुङ्ग्री गाउँपालिका–७ मा हीराबहादुर पुन र वडा नं ६ मा जोखबहादुर बुढाथोकी वडा नंं ५ मा रिकबहादुर रोका विजयी हुनुभएको छ ।

थवाङ गाउँपालिका–ं ५ मा गोवद्र्धन घर्तीमगर र वडा नंं ३ मा जनक बुढामगर वडा नंं २ मा अविलासा रोकामगर विजयी हुनुभएको छ । परिवर्तन गाउँपालिका वडा नंं १ मा मैते बुढामगर र वडा नंं २ मा हरिप्रसाद घर्तीमगर विजयी हुनुभएको छ ।

त्रिवेणी गाउँपालिका–१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका–ं २ मा भिउलाल पुन, माडी गाउँपालिका– १ मा रोहित सिंह घर्तीमगर र वडा नंं २ मा ललित घर्तीमगर विजयी हुनुभएको छ । सुनछहरी गाउँपालिका–१ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णबहादुर बुढामगर विजयी हुनुभएको छ ।

नेपाली कांग्रेस विजयी भएका वडा

नेपाली कांग्रेसबाट गङ्गादेव गाउँपालिका– १, २ र ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा अमृतबहादुर वली, वडा नं २ मा अमरबहादुर थापा, वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी हुनुभएको हो । रोल्पा नगरपालिका–३ मा राजकुमार पुरी र रुन्टीगढी गाउँपालिका–१ मा थमबहादुर घर्तीमगर विजयी हुनुभएको छ ।

नेकपा एमाले विजयी भएका वडा

नेकपा एमालेबाट थवाङ गाउँपालिका– ४ हिकमत घर्तीमगर विजयी हुनुभएको छ । यसैगरी त्रिवेणी गाउँपालिका– २ कविराज बुढामगर र गङ्गादेव गाउँपालिका– ६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका–३ गणेश गिरी विजयी हुनुभएको छ ।

स्वतन्त्र विजयी भएका वडा

रोल्पाको सुनिलस्मृति गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी हुनुभएको छ । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत स्वतन्त्र उम्मेदवारी दिई विजयी हुनुभएको थियो । –रासस