आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गोकर्णेश्वर वडा नं. ३ मा कस्ले कति मत पाए ?

गोकर्णेश्वर खबर१ जेष्ठ २०७९, आईतवार १३:१६ मा प्रकाशित (१ साल अघि) १००५ पाठक संख्या

१ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपा एमालेका मुरारी कुईकेलले ११८३ मत पाएका छन् । उनले नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार किरण विष्टलाई ३२२ मतले पछाडी पारे । विष्टले ८६१ मत पाएका छन् ।
वडा नं. ३ को अन्तिम मत परिणाम अनुसार वडा नं. ३ मा एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले १३९८ मत पाए भनें एमालेकै उपमेयरकी उम्मेदवार सान्नानी लामाले १२३९ मत पाईन् ।

यसैगरी, कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले १०४४ मत र उपमेयरकी उम्मेदवार शान्ति नेपालले १०५८ मत पाएका छन् ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार गोपाल बरालले ७२ मत र उपमेयरका उम्मेदवार पेमाछिरि शेर्पाले २९७ मत पाएका छन् । गठबन्धनका तर्फबाट वडा अध्यक्षका उम्मेदवार हर्क बहादुर तामाङले ६१६ मत पाएका छन् ।

गोकर्णेश्वर ३ को अन्तिम मत परिणाम –