आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

गोकर्णेश्वर २ को वडा अध्यक्षमा मधु तामाङ सहित एमालेको प्यानल नै विजयी

गोकर्णेश्वर खबर३१ बैशाख २०७९, शनिबार २३:३३ मा प्रकाशित (१ साल अघि) १२२९ पाठक संख्या

३१ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मधु तामाङ सहित प्यानल विजयी भएको छ । वडा अध्यक्षमा विजयी मधु तामाङले १२०७ मत प्राप्त गरेका छन् भनें उनका निकटवर्ती कांग्रेसका सुदीप पण्डित क्षेत्रीले ८२७ मत प्राप्त गरेका छन् ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम मत परिणाम अनुसार वडा नं. २ मा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका हुन् ।

नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारसहित वडा सदस्यहरुमा कृष्णहरि श्रेष्ठ सुनिलकुमार गिरि, माया तामाङ र सरस्वती सुनार विजयी भएका छन् ।