आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

गोकर्णेश्वर २ मा नेकपा एमालेको अग्रता फराकिलो बन्दै

गोकर्णेश्वर खबर३१ बैशाख २०७९, शनिबार १७:३९ मा प्रकाशित (१ साल अघि) ७१८ पाठक संख्या

३१ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको वडा नं. २ मा नेकपा एमालेले अग्रता फराकिलो बनाएको छ । ९०७ मत गन्दा एमालेका वडा अध्यक्षले ४५३ मत ल्याउँदा कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले ३६२ मत प्राप्त गरेका छन् । एमालेका वडा अध्यक्ष उम्मेदवार ९१ मतले अगाडी रहेका छन् ।

यसैगरी, एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ४४७ मत ल्याउँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ३४४ मत पाएका छन् । विष्ट रिसाल भन्दा १०३ मत अगाडी छन् ।
यसैगरी, एमालेका उपमेयरका उम्मेदवार सान्नानी लामाले ४४४ मत प्राप्त गर्दा निकटतम् प्रतिश्पर्धी कांग्रेसकी शान्ति नेपालले ३२४ मत प्राप्त गरेकी छिन् । सान्नानी लामा शान्ति नेपाल भन्दा १२० मतले अगाडी छिन् ।