आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वर १ मा कस्ले कति मत पाए ?

गोकर्णेश्वर खबर३१ बैशाख २०७९, शनिबार १३:५० मा प्रकाशित (१ साल अघि) ११११ पाठक संख्या

३१ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार एमालेबाट वडा अध्यक्षका उम्मेदवार द्वारिका श्रेष्ठले १४ सय २८ मत पाएका छन् भनें उनका प्रतिश्पर्धी कांग्रेसका उम्मेदवार राम मानन्धरले ९ सय ३९ मत पाएका छन् ।

एमालेबाट वडा सदस्यका उम्मेदवारहरुमा महिला वडा सदस्य अञ्जली तामाङले १२३६ मत, दलित महिला सदस्य सीता दर्जीले १२३१ मत, वडा सदस्य केशव प्रसाद सिंखडाले ११३९ मत र वडा सदस्य श्रीकृष्ण तामाङले ११४४ मत पाएका छन् ।

यसैगरी कांग्रेसका तर्फबाट महिला वडा सदस्य सम्झना पोखरेलले ९ सय ८८ मत, दलित महिला सदस्य विद्या कामीले ९ सय ८४ मत, वडा सदस्य अनिल तामाङले ९ सय ४८ मत र अर्का वडा सदस्य कान्छाराम तामाङले ९ सय ५८ मत पाएका छन् ।

यसैगरी मेयरमा एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ११ सय ४४ मत पाएका छन् भनें उपमेयरका उम्मेदवार सान्नानी लामाले ११ सय ८७ मत पाएकी छिन् ।

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार दीपक रिसालले १ हजार ४६ मत र उपमेयरका उम्मेदवार शान्ति नेपालले ९ सय ७० मत पाएकी छिन् ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार गोपाल बरालले ९९ मत पाएका छन् भनें उपमेयरका उम्मेदवार पेमा छिरि शेर्पाले २ सय ४ मत पाएका छन् ।