आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गोकर्णेश्वर १ मा एमालेको प्यानल सहित वडा अध्यक्षमा द्वारिका श्रेष्ठ विजयी

गोकर्णेश्वर खबर३१ बैशाख २०७९, शनिबार ११:४३ मा प्रकाशित (१ साल अघि) ९८७ पाठक संख्या

३१ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ विजयी भएका छन् ।

निवर्तमान वडा अध्यक्ष तथा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम मानन्धर पराजित भएका छन् । यसअघि ०७४ सालको स्थानीय चुनामा वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको थियो ।

वडा नं १ को मत गणना अनुसार मेयर तथा उपमेयरमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।