आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर १ मा नेकपा एमालेको अग्रता

गोकर्णेश्वर खबर३१ बैशाख २०७९, शनिबार १०:१८ मा प्रकाशित (१ साल अघि) ६४५ पाठक संख्या

३१ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेले अग्रता लिऐको छ । २१ सय मत गणना हुँदा एमालेका मेयर, उपमेयर, वडा अध्यक्ष सहितका सबै उम्मेदवारले अग्रता लिएका छन् ।

एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ९८५ मत ल्याउँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ९१५ मत पाएका छन् ।

यसैगरी एमालेका उपमेयरका उम्मेदवार सान्नानी लामाले १०५१ मत प्राप्त गर्दा निकटतम् प्रतिश्पर्धी कांग्रेसकी शान्ति नेपालले ८१८ मत प्राप्त गरेकी छिन् ।

यसैगरी एमालेका वडा अध्यक्षका उम्मेदवार द्वारीका श्रेष्ठले १२ सय १७ मत प्राप्त गर्दा निवर्तमान वडा अध्यक्ष तथा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार राम मानन्धरले ७ सय ९४ मत प्राप्त गरेका छन् ।