आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी

गोकर्णेश्वर खबर३१ बैशाख २०७९, शनिबार ०७:५६ मा प्रकाशित (१ साल अघि) ३४३ पाठक संख्या

३१ वैशाख, काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकामा विजय गरेर कांग्रेसले विजयको खाता खोलेको छ । नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा पालिका अध्यक्षमा निर्वाचित भएका छन् । लामाले ४७ मतले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराउदै १५८ मत ल्याएर बिजयी भएका हुन् । प्रतिद्वन्दी स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याए ।

नार्पाभूमि गाउँपालिका वडा नं. १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेको छन् । वडा नं. २ मा स्वतन्त्रका फुन्चोक वङगे लामा ४१ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी स्वतन्त्रका फुन्जो पासाङ लामाले २१ मत ल्याएका छन् । वडा नं. ३ मा स्वतन्त्रका लाक्पा छेवाङ लामा २५ मत ल्याएर बिजयी भए । उनको प्रतिद्वन्द्वी पेम्बा फुन्जो लामाले २१ मत ल्याए । वडाध्यक्षका प्रत्यासी नेकपा एमालेका साङगे धावा लामाले १८ मत र स्वतन्त्र उम्मेदवार साङमो छिमी लामाले ४ मत ल्याए ।

वडा नं. ४ को अध्यक्षमा स्वतन्त्रका कर्मा ग्याङ्जे लामा र वडा नं. ५ को अध्यक्षमा सोनाम तेजे लामा निर्विरोध भईसकेका छन् ।