आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा २४ हजार ३ सय २ मत खस्यो

गोकर्णेश्वर खबर३० बैशाख २०७९, शुक्रबार २०:३० मा प्रकाशित (१ साल अघि) ८७० पाठक संख्या

३० वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा २४ हजार ३ सय २ मत खसेको छ । आज भएको स्थानीय निर्वाचन अन्तर्गत ९ वटै वडामा गरी सो मत खसेको हो । खसेको मत करिब ७१ प्रतिशत हो ।

प्राप्त जानकारी अनुसार वडा नं. १ मा २ हजार ६ सय ७५ मत, वडा नं. २ मा २ हजार २ सय मत, वडा नं. ३ मा ३ हजार १३ मत, वडा नं. ४ मा ३ हजार १ सय ३९ मत, वडा नं. ५ मा ३ हजार ८ सय ७७ मत, वडा नं. ६ मा ३ हजार ७ सय १ मत, वडा नं. ७ मा १ हजार ३ सय ५१ मत, वडा नं. ८ मा ३ हजार १ सय ५६ मत र वडा नं. ९ मा १ हजार १ सय ९० मत खसेको छ ।

गोकर्णेश्वर नगरपालिकामा ३३ हजार ८ सय ९८ जना मतदाता रहेका छन् भनें पुरुष मतदाताको संख्या १६ हजार ४ सय ९८ जना र महिलाको संख्या १७ हजार ४ सय रहेका छन् ।