आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

मतदानको समय समाप्त, आजैदेखि गणना

गोकर्णेश्वर खबर३० बैशाख २०७९, शुक्रबार १७:३३ मा प्रकाशित (१ साल अघि) ६४७ पाठक संख्या

३० वैशाख, काठमाडौं । मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७७ वटै जिल्लामा मतदान सम्पन्न भएको छ ।

यसैगरी, मतदान कार्य सकिएलगत्तै मतपेटिका संकलन गरिने र आजै बेलुकीदेखि मतगणना सुरु हुने आयोगले जनाएको छ।

छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोग स्रोतले जनाएको छ । आयोग स्रोतका अनुसार कहाँ–कहाँ मतदान प्रभावित भयो भन्ने अन्तिम तथ्यांक आउन बाँकी रहेको छ ।

निर्वाचन आयोगकाअनुसार सो समयमा मतदानका लागि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउनेछन्। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरिएको बताएका छन् ।

देशभर छिटपुट बाहेक अधिकांश केन्द्रमा शान्तिपुर्ण मतदान भएको आयोगले जनाएको छ।