आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

बुटवलमा बम विष्फोट

गोकर्णेश्वर खबर२८ बैशाख २०७९, बुधबार २१:३१ मा प्रकाशित (१ साल अघि) ७२१ पाठक संख्या

बुटवलको मिलनचोकमा बुधबार साझ बम विष्फोट भएको छ । मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको हो ।

विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ढग बहादुर केसीले बताए ।