आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप

गोकर्णेश्वर खबर२८ बैशाख २०७९, बुधबार २१:१२ मा प्रकाशित (१ साल अघि) ५५२ पाठक संख्या

२८ वैशाख, प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपामा ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् ।

घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ ।

गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।