आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने

गोकर्णेश्वर खबर२८ बैशाख २०७९, बुधबार २०:४२ मा प्रकाशित (१ साल अघि) ५६० पाठक संख्या

निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने निर्णय गरेको छ । शुक्रबार हुने स्थानीय तह सदस्यको निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्रसहित नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी र जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको हो ।

यो कागजात अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाई सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।