आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

एमालेका युवा नेता शिव नेपाललाई ज्यान मार्ने धम्की

गोकर्णेश्वर खबर२७ बैशाख २०७९, मंगलवार १९:३० मा प्रकाशित (२ साल अघि) ५४९ पाठक संख्या

सिन्धुपाल्चोक, २७ बैशाख । चौतारा सागाचोकगढि नगरपालिका काठमाडौं सम्पर्क मंचका अध्यक्ष तथा एमालेका युवा नेता शिव नेपाललाई ज्यार्ने धम्की आएको छ। रिपोर्टर्सनेपाल डटकमसँगै कुरा गर्दै शिव नेपालले ९८४९१९०१५० को मोबाइल नम्बरबाट आफुलाई ज्यान मार्ने धम्की आएको बताए।

उनले भने,‘स्थानीय निर्वाचन नजिकिदै जादा जनताले स्वतन्त्रता पुर्वक निर्वाचनमा सहभागी हुन पाउने र आफ्नो दलको नेतालाई भोट दिन पाउने नैसर्गिक अधिकारको बर्खिलाप धम्की आएपछी मैले निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा कायम गरि पाउ भनि निवेदन दर्ता गराएको छु ।’

नेकपा ९माओवादी केन्द्र०को बर्चश्व रहदै आएको सागा चोकगढी नगरपालिकामा एमालेको माहोल राम्रो बनेपछि माओवादीहरु अत्तालिएर गाउँ आए ज्यान सम्म लिन सकिने धम्की दिन थालेको नेपालले बताए।

आफूसँग करिब ९ मिनेटको कल रेकर्ड रहेको बताउँदै नेपालले आफू बिचलित नभई आफ्नो अभियानमा लागि पर्ने बताए । नेपालले ज्यान मार्ने सम्मको धम्की दिने ब्यक्ति समूह पहिचान गरि कारबाहीको दायरामा ल्याउन र शान्ति सुरक्षाको माग गर्दै नेपालले जिल्ला प्रशासन समक्ष निवेदन दिएका छन् ।
-रिपोर्टर्स नेपाल