आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मछिन्द्रनाथलाई रथारोहण गराएर रातो मछिन्द्रनाथ जात्रा सुरु

गोकर्णेश्वर खबर२१ बैशाख २०७९, बुधबार २०:५२ मा प्रकाशित (१ साल अघि) ४७१ पाठक संख्या

२१ वैशाख, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा सुरु भएको छ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा रातो मछिन्द्रनाथलाई रथारोहण गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा बुधबार सुरु भएको हो।

रातो मच्छिन्द्रनाथको जात्राको बारेमा विभिन्न किंवदन्तीहरु छन् । वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुनेगर्छ । भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन्, त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।