आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सभापति देउवासहित शीर्ष नेताहरुले चुनावी सभालाई सम्बोधन गर्ने

गोकर्णेश्वर खबर२० बैशाख २०७९, मंगलवार २०:५५ मा प्रकाशित (१ साल अघि) २४४ पाठक संख्या

काठमाडौं, वैशाख २० । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले देशका विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । एकै चरणमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि ती सभा आयोजना गरिएका हुन् ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवाले आठ जिल्लाका सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

वैशाख २१ देखि २७ गतेसम्म देशका विभिन्न जिल्लामा हुने चुनावी सभालाई प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, वैशाख २१ गते बुधबार मोरङको विराटनगरमा हुने सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री शर्मालगायतका अन्य नेताहरुले सम्बोधन गर्ने छन् ।

त्यस्तै, वैशाख २२ गते बिहीबार चितवनको भरतपुरमा हुने सभालाई सभापति देउवा, नेता पौडेल र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सम्बोधन गर्ने छिन् ।

वैशाख २३ गते शुक्रबार काठमाडौंमा हुने चुनावी सभालाई पनि नेताहरुले सम्बोधन गर्ने छन् ।

यसैगरी, वैशाख २४ गते शनिबार रुपन्देहीको बुटवल, तनहुँको दमौली, धनुषाको जनकपुरमा चुनावी सभा हुने छन् ।

त्यस्तै, वैशाख २५ गते आइतबार कास्कीको पोखरा, दाङको तुलसीपुर र २६ सोमबार कैलालीको धनगढीमा तथा २७ गते मङ्गलबार डडेल्धुरामा चुनावी सभा हुने छन् ।