आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

अहिलेसम्म ६५ जिल्लामा मतपत्र ढुवानी

गोकर्णेश्वर खबर२० बैशाख २०७९, मंगलवार २०:४३ मा प्रकाशित (१ साल अघि) २७४ पाठक संख्या

२० वैशाख, काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको छ । आउने शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले लक्ष्यअनुसारको मतपत्रको छपाइ सम्पन्न गरेको छ । निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको बुझाई छ ।

आयोगको उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्य अनुसारको मतपत्र छपाइ कार्य सम्पन्न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाइ कार्य भइरहेको छ । पुनः छपाइ भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।