आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बौद्ध कांग्रेसको अरुणिमा पाटिटार प्रचारप्रसार समिति कार्यालय उद्घाटन भोली

गोकर्णेश्वर खबर१५ बैशाख २०७९, बिहीबार २२:३२ मा प्रकाशित (१ साल अघि) ३९६ पाठक संख्या

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका ६ बौद्ध इकाई अन्र्तगत अरुणिमा पाटिटार प्रचारप्रसार समितिको कार्यालय भोली उद्घाटन हुने भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धका वडा अध्यक्ष दीपेन्द्र लामाको प्रमुख आतिथ्यतामा शुक्रबार कार्यालय उद्घाटन हुनेछ ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट कामपा ६ का वडा अध्यक्षका उम्मेदवार भुवन लामा सहित सदस्यका उम्मेदवारहरुको उपस्थिती हुनेछ ।

कार्यक्रम बिहान ८ बजे पाटिटार चोकस्थित शिव मन्दिरमा हुनेछ ।