आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर खुल्ला भेट्रान मेयर कप फुटसलको उपाधी वडा नं. ९ (सी) लाई

गोकर्णेश्वर खबर१० बैशाख २०७९, शनिबार १०:५४ मा प्रकाशित (२ साल अघि) ७७१ पाठक संख्या

१० वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका अन्तर वडा प्रथम खुल्ला भेट्रान मेयर कप फुटसल प्रतियोगिताको फाइनलमा वडा नं. ९ (सी) ले उपाधि जितेको छ ।

शुुक्रबार भएको खेलमा वडा नं. ९ (सी) ले वडा नं. ५ लाई ट्राईब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रथम उपाधि हात पारेको हो । वडा नं. ५ प्रतियोगिताको उपविजेता भयो ।

प्रतियोगितामा प्रथम भएको टिम वडा नं. ९ (सी) ले नगद रु ५१ हजार र उपविजेता वडा नं. ५ ले ३१ हजार नगद पुरस्कार पाएका छन् । नगदका साथमा विजेता र उपविजेता टिमले ट्रफि, सर्टिफिकेट र मेडल पाएका छन् ।

प्रतियोगिताको फाईनल खेल गोनपा ८ अत्तरखेल स्थित रम्बल फुटसलमा भएको थियो ।

समापन समारोह आयोजक ग्राम निर्माण बन्धु क्लबका उपाध्यक्ष किरण पण्डित क्षेत्रीको सभापतित्व तथा नगर खेलकुद संयोजक सञ्जय लामाको प्रमुख आतिथ्यता, वडा अध्यक्ष राजिव थापाको विशेष आतिथ्यता र क्लबका सदस्यहरु विनोद कुँवर, शिव पौडेल, राजेन्द्र थापा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको बेस्ट प्लेयर वडा नं. ५ का विकाश राई, बेस्ट किपर वडा नं. ९ (सी) अनोप पौडेल र म्यान अफ दी म्याच अनिल देवकोटा भएका छन् । प्रतियोगिताको संयोजक सुजित सिंह ठकुरी हुन् ।