आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गोकर्णेश्वरमा भेट्रान मेयर कप फुटसलको फाइनलमा वडा नं. ९ (सी) र ५

गोकर्णेश्वर खबर८ बैशाख २०७९, बिहीबार १८:१८ मा प्रकाशित (२ साल अघि) १०८० पाठक संख्या

८ बैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका अन्तर वडा प्रथम खुल्ला भेट्रान मेयर कप फुटसल प्रतियोगिताको फाइनलमा वडा नं. ९ (सी) र ५ पुगेका छन् ।

आज भएको खेलमा वडा नं. ९ (सी) ले वडा नं. ४ लाई ४–० र वडा नं. ५ ले वडा नं. २ को टिमलाई ट्राईब्रेकरमा ३–१ गोलअन्तरले पराजित गर्दै फाईनलमा पुगेका हुन् ।

९ टिम सहभागि प्रतियोगिताको फाईनल खेल शुक्रबार दिउसो ३ बजे हुनेछ ।

अन्तर वडा प्रथम खुल्ला भेट्रान मेयर कप फुटसल प्रतियोगितामा प्रथम हुनेले नगद रु ५१ हजार र उपविजेताले ३१ हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको फाईनल खेल गोनपा ८ अत्तरखेल स्थित रम्बल फुटसलमा नै हुनेछ ।