आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

गोकर्णेश्वर भेट्रान मेयर कप फुटसलको सेमिफाइनल भोली

गोकर्णेश्वर खबर७ बैशाख २०७९, बुधबार २०:५७ मा प्रकाशित (२ साल अघि) ६१५ पाठक संख्या

७ बैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका अन्तर वडा प्रथम खुल्ला भेट्रान मेयर कप फुटसल प्रतियोगिताको प्रथम चरणको खेल आज भएको छ । आज भएको खेलबाट वडा नं. ५, वडा नं. ९ (सी), वडा नं. ४ र वडा नं. २ टिम सेमिफाईनलमा पुगेका छन् ।

९ टिम सहभागि भई आजबाट शुरु भएको प्रतियोगिताको सेमिफाईनल भोली (विहिबार) बिहान साढे सात बजेबाट शुरु हुनेछ ।

आयोजकका अनुसार फाईनल खेल शुक्रबार दिउसो २ बजे हुनेछ ।

अन्तर वडा प्रथम खुल्ला भेट्रान मेयर कप फुटसल प्रतियोगितामा प्रथम हुनेले नगद रु ५१ हजार र उपविजेताले ३१ हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको खेल गोनपा ८ अत्तरखेल स्थित रम्बल फुटसलमा भईरहेको छ ।