आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

गोकर्णेश्वरमा भेट्रान मेयर कप फुटसल हुँदै

गोकर्णेश्वर खबर६ बैशाख २०७९, मंगलवार १९:०२ मा प्रकाशित (१ साल अघि) ४२६ पाठक संख्या

६ बैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका अन्तर वडा प्रथम खुल्ला भेट्रान मेयर कप फुटसल प्रतियोगिता बुधबारबाट शुरु हुने भएको छ । मंगलबार प्रतियोगिताको खेल तालिका (टाईसिट) सार्वजनिक भएको छ ।

प्रतियोगितामा गोकर्णेश्वरका ९ टिम सहभागि हुनेछन् । नगरपालिकाका प्रत्येक वडाबाट टिम सहभागि भएका छन् । प्रतियोगितामा ३० वर्ष माथिकाले मात्र भाग लिन पाउनेछन् ।

अन्तर वडा प्रथम खुल्ला भेट्रान मेयर कप फुटसल प्रतियोगितामा प्रथम हुनेले नगद रु ५१ हजार र उपविजेताले ३१ हजार नगद पुरस्कार पाउने आयोजक ग्राम निर्माण वन्धु मण्डल क्लबका सदस्य सुदर्शन घिमिरेले जानकारी दिए ।

प्रतियोगिता गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल स्थित रम्बल फुटसलमा हुनेछ । खेल बुधबार बिहान ७ बजेबाट शुरु हुने आयोजकले बताएका छन् ।

प्रतियोगिताको खेल तालिका (टाईसिट) यस प्रकार रहेको छ ।