आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्णेश्वरको नगर अस्पातल गोकर्णमा बालिबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि

गोकर्णेश्वर खबर६ बैशाख २०७९, मंगलवार ११:११ मा प्रकाशित (२ साल अघि) ३५८ पाठक संख्या
काठमाडौँ । देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ए’ कार्यक्रम आज र भोलि सञ्चालन हुँदै छ । गोकर्णेश्वर नगरपालिकाको नगर अस्पातल गोकर्णमा बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाउन थालिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।