आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

आदर्श क्षेत्रीले नेपाल सुशासन पार्टीबाट गोकर्णेश्वर- ८ को अध्यक्षमा उम्मेद्वारी घोषणा

गोकर्णेश्वर खबर६ बैशाख २०७९, मंगलवार ०६:१४ मा प्रकाशित (२ साल अघि) ६७४ पाठक संख्या

५ वैशाख, काठमाडौं । नेपाल सुशासन पार्टीको तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ८ को अध्यक्षमा आदर्श क्षेत्रीले उम्मेद्वारी दिने भएका छन् । क्षेत्रीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा अध्यक्ष पदमा उमेम्द्वारी दिने घोषणा गरेका हुन । शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी सानोपुलमा आयोजित उम्मेदवार घोषणा तथा परिचयात्मक कार्यक्रममा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन ।

कार्यक्रममा क्षेत्रीले देश विकासका लागि युवाहरुको भूमिका महत्वपूर्ण भए जस्तै सुशासन विना विकास सम्भव नहुने बताउँदै नेपाल सुशासन पार्टीमा एकताबद्ध भएर अगाडी बढ्न आग्रह गरे ।

पूर्वडिआइजी रमेश प्रसाद खरेलको नेतृत्वमा स्थापित भएको नेपाल सुशासन पार्टीले देश विकासका लागि युवा नेतृत्व र सुशासनको वकालत गर्दै आएको छ । कार्यक्रममा नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष पूर्व पूर्वडिआइजी रमेश प्रसाद खरेल, जिल्ला स्तरका नेता लगायत विशेष गरी स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।