आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

सरस्वती स्पोर्टस् क्लब ‘ए’ लाई प्रथम वडा अध्यक्ष फुटसल प्रतियोगिताको उपाधि

गोकर्णेश्वर खबर५ बैशाख २०७९, सोमबार २०:१६ मा प्रकाशित (२ साल अघि) २६० पाठक संख्या

५ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धले आयोजना गरेको ‘प्रथम वडा अध्यक्ष’ सेभेन ए साइड फुटसल प्रतियोगिता २०७९ को उपाधि सरस्वती स्पोर्टस् क्लब ‘ए’ ले जित्न सफल भएको छ । आज भएको फाईनल खेलमा सरस्वती स्पोर्टस् क्लब ‘ए’ ले ४–० गोल अन्तरले श्री टुसाल युवा क्लबलाई पराजित गरेको हो ।

जितसँगै सरस्वती स्पोर्टस् क्लब ‘ए’ ले नगद रु ५० हजार र ट्रफी हात पारेको छ भनें उपविजेता भएको श्री टुसाल युवा क्लबले नगद रु २५ हजार र ट्रफी हात पार्यो । यसैगरी सेमिफाइनलमा पुगेका सिमलटार युवा क्लव र पाटिटार अरुणिमा युवा समुहले नगद रु १०–१० हजार हात पारे ।

यसैगरी प्रतियोगिताको वेस्ट किपर सरस्वती स्पोर्टस् क्लब ए का सन्तोष भण्डारी भएका छन् । वेस्ट प्लेयर सरस्वती स्पोर्टस् क्लब ए कै दीपेश श्रेष्ठ भए भनें वेस्ट डिफेन्स श्री टुसाल युवा क्लबका कृष्ण लामा भए ।

पुरस्कार वितरण समारोह प्रतियोगिताका संयोजक अजिप लामाको सभापतित्व तथा वडा अध्यक्ष दीपेन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको थियो । यसैगरी वडा सदस्य जयराम पुडासैनी, नरेन्द्र कुमार थापाको आतिथ्यता रहेको थियो ।

आईतबारबाट शुरु भएको २ दिने प्रतियोगिता बौद्ध टाउन प्लानिंगमा रहेको एरेना फुटसलमा खेलाईएको थियो । यसैगरी प्रतियोगिताको अम्पायर प्रदिप लामा र दिनेश अधिकारी रहेका थिए ।

कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने व्यक्तित्व, समाजसेवी, खेलाडी, टिम म्यानेजर, प्रशिक्षक लगायतलाई मायाको चिन्ह प्रदान गरिएको थियो ।

१४ टिम सहभागी प्रतियोगितामा आईतबार भएको फस्ट म्याचबाट सेमि फाइनलमा ४ टिम पुगेका थिए । सेमिफाइनलमा श्री टुसाल युवा क्लब, पाटीटार अरुणिमा युवा समूह, सरस्वतीनगर स्पोर्टस क्लब (ए) र सिमलटार युवा क्लब पुगेका थिए ।

सहभागि टिमहरुमा बौद्ध भेट्रान क्लब, बौद्ध कमब्याक ब्रदर्स, श्री टुसाल युवा क्लब, सिमलटार युवा क्लब, बौद्ध स्नुकर क्लब, पाटीटार अरुणिमा युवा समूह, बौद्ध एफ, बज्र युवा क्लब, तिनचुली भुवालडाँडा समूह, मुगुम युथ क्लब, स्पोर्टस स्पेशल क्लब, सरस्वतीनगर स्पोर्टस क्लब (ए), श्री भुवालडाँडा युवा क्लब, सरस्वतीनगर स्पोर्टस क्लब (बि) रहेका छन् ।