आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कामनपा ६ बौद्ध द्वारा आयोजित “प्रथम वडा अध्यक्ष“ फुटसल प्रतियोगिताको आज फाईनल

गोकर्णेश्वर खबर५ बैशाख २०७९, सोमबार ०७:२० मा प्रकाशित (२ साल अघि) ४२२ पाठक संख्या

५ बैशाख, काठमाडौं । कामनपा वडा नं. ६ बौद्धको आयोजनामा भएको “प्रथम वडा अध्यक्ष” सेभेन ए साइड फुटसल प्रतियोगिता २०७९ को आज सेमि फाईनल र फाईनल खेल हुने भएको छ । आईतबारबाट शुरु भएको प्रतियोगिता बौद्ध टाउन प्लानिंगमा रहेको एरेना फुटसलमा खेलाईएको छ ।

आईतबार भएको फस्ट म्याचबाट सेमि फाइनलमा ४ टिम पुगेका छन् । सेमिफाइनलमा श्री टुसाल युवा क्लब, पाटीटार अरुणिमा युवा समूह, सरस्वतीनगर स्पोर्टस क्लब (ए) र सिमलटार युवा क्लब पुगेका संयोजक अजिप लामाले जानकारी दिए ।

सोमबार (आज) सेमि फाईनल खेल ११ बजेबाट शुरु हुनेछ भनें फाइनल खेल दिउसो २ बजे हुने संयोजक अजिप लामाले बताए ।

आईतबार वडा अध्यक्ष दीपेन्द्र कुमार लामा, वडा सदस्यहरु जयराम पुडासैनी तथा भगवान थापाको उपस्थितीमा शुभारम्भ भएको प्रतियोगिता मा १४ टिमहरू सहभागी भएका छन् ।

सहभागि टिमहरुमा बौद्ध भेट्रान क्लब, बौद्ध कमब्याक ब्रदर्स, श्री टुसाल युवा क्लब, सिमलटार युवा क्लब, बौद्ध स्नुकर क्लब, पाटीटार अरुणिमा युवा समूह, बौद्ध एफ, बज्र युवा क्लब, तिनचुली भुवालडाँडा समूह, मुगुम युथ क्लब, स्पोर्टस स्पेशल क्लब, सरस्वतीनगर स्पोर्टस क्लब (ए), श्री भुवालडाँडा युवा क्लब, सरस्वतीनगर स्पोर्टस क्लब (बि) रहेका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार, दोश्रो हुनेले २५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।