आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

१ लाख पुरस्कार भएको मेयर कप फुटबल रनिङ सिल्ड २९ गतेबाट हुँदै

गोकर्णेश्वर खबर२७ चैत्र २०७८, आईतवार २०:३७ मा प्रकाशित (२ साल अघि) ५२६ पाठक संख्या

२७ चैत, काठमाडौं । प्रथम पुरस्कार राशी एक लाख १ हजार भएको मेयर कप फुटबल रनिङ सिल्ड चैत २९ गतेबाट शुरु हुँदैछ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद समितिको आयोजनामा हुने प्रतियोगितामा नगरपालिकाका ९ वटै वडाले भाग लिने समितिका संयोजक सञ्जय लामाले बताए ।

गोकर्णेश्वर नगरपालिकाका स्थानीय खेलाडीले मात्र खेल्न पाउने प्रतियोगिता मुलपानीस्थित अमरसिंह चौरमा हुनेछ ।

यस प्रतियोगीतामा दोश्रो हुने टिमले ५१ हजार पुरस्कार पाउने । फाईनल खेल बैशाख ३ गते हुनेछ । आज समिति कार्यालय जोरपाटीमा पत्रकार सम्मेलन तथा टाईसिट ड्र समेत भएको छ ।