आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

नेकपा एमालेको चुनावी गीत ‘एमाले जिन्दावाद’ सार्वजनिक (भिडियो)

गोकर्णेश्वर खबर२७ चैत्र २०७८, आईतवार ०७:३६ मा प्रकाशित (२ साल अघि) ११०६ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेको नयाँ चुनावी गीत– “एमाले जिन्दावाद” युट्युवबाट सार्वजनिक भएको छ ।

नेकपा एमाले सम्बद्द नुवाकोट जिल्लाको युवा नेता माधव पण्डित, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नुवाकोटका कलाकारहरु र राष्ट्रिय युवा संघ नेपाल र नेकपा एमाले नुवाकोटका नेताहरुको सयुक्त पहलमा उक्त गीत यही चैत्र १८ गते राष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रिय महाधिवेशनमा पूर्व प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका थिए ।

हिजो उक्त गीतको गायक दिनेश श्रेष्ठको युट्युव च्यानल दिनेश श्रेष्ठ अफिसियलबाट सार्वजनिक भए यता उक्त गीतले देशब्यापी चर्चा बटुलेको छ ।

उक्त गीतको अडियो तथा भिडियोमा एमालेका स्वर्गिय जननेता मदन कुमार भण्डारीले तत्कालिन राजालाई श्रीपेज फुकालेर चुनाव लड्न आउन र नेपाली जनतालाई गणतन्त्र आवश्यक रहेको र जनताको बहुदलिय जनवद (जबज) को सबिस्तार गरिएको छ ।

२०५१ सालमा मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमत्री हुँदा पहिलो चोटि एकल महिला , अपाङ्गता र ब्रिध९ब्रिधालाई ब्रिध भत्ता (सामाजिक शुरक्षा भत्ता)आवश्यक रहेको र जनताको बहुदलिय जनवद (जबज) को सबिस्तार गरिएको र मनमोहन अधिकारीको देश बिकाशको नारास् “आफ्नो गाउँ आँफै बनाउ” ले राष्ट्र निर्माणमा पुर्याएको अतुलनिय भूमिका साथै एमाले अध्यक्ष केपी ओलीको पहिलो कार्यकालमा नाकाबन्दी बिरुद्दको राष्ट्रबाद , र केपी ओलीको दोश्रो कार्यकालमा भएको चिनिया राष्ट्रपती शी जिङ पिङ सँग केपी ओलीले गर्नुभएको पारबाहन सम्झौता (रेलमार्ग, जलमार्ग शुरुङमार्ग ) को सचित्र बर्णन गरिएको छ ।

साथै लिपुलेक लिम्पियाधुरा र कालापानी मिचिदा को चुच्चे नक्सा प्रकाशित, निर्माणाधिन फास्ट ट्र्याक, नागढुङा९नौबिसे सुरुङमार्ग, टोखा९छहरे सुरुङमार्ग, धरहरा, जनकपुरको रेल, शैक्षिक कर्जा, युवा स्वरोजगार, फलामखानी, तामाखानीको उत्खनन, तुइन बिस्थापन, पोखरा, भैरहवा र काठमाण्डौ बिमानस्थलको आधुनिकीकरण, एकीक्रित बस्ती, रानी९पोखरी पुन९निर्माण, मध्य पहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र जनताको लगानी मा ठुला राष्ट्रिय स्तरको जलबिद्दुतको बिकासको थालनीमा केपी ओली र एमालेले पुर्याएको एतिहासिक उपलब्धीहरु को सबिस्तार गरिएको र गीत मार्फत अबको स्थानिय र केन्द्रिय चुनावमा एमालेलाई जिताएर अधुरा कामहरु पुरा गर्ने अवसर प्रदान गर्न आग्रह गरिएको छ ।

उक्त गीतको निर्माण, निर्देशन र शब्दस् माधव पण्डित, संगितस् दिनेश श्रेष्ठ, स्वरस् दिनेश श्रेष्ठ, भगवान कार्की, सुमित्रा भट्टराई, बेनिशा पौडेल, अप्सरा बोगटी, श्रीजन पण्डित, अनु पराजुली, जयराम सापकोटा, रुस्मा सापकोटा र जयराम बुढाथोकीको र अभिनयस् अनु पराजुलीको रहेको छ ।