आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

विभिन्न २० मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस

गोकर्णेश्वर खबर२५ चैत्र २०७८, शुक्रबार ०९:३३ मा प्रकाशित (२ साल अघि) २७० पाठक संख्या

२५ चैत, काठमाडौं । बिहीबारको मन्त्रिपरिषदको बैठकले विभिन्न २० मुलुकका  राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आज अपराह्न भएको बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो

चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल सिफारिस भएका छन् ।

त्यस्तै दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि प्रा.डा. रामसोगरथ राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदी राजदूत सिफारिस भएका छन् । त्यस्तै नरेशविक्रम ढकाल पनि राजदूतमा सिफारिस भएका छन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयका कर्मचारीहरु घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी पनि राजदूतमा सिफारिस भएका छन्

चीनका लागि नेपाली राजदूतमा सिफारिस हुने श्रेष्ठ नेकपा माओवादी केन्द्रका नेता हुन् । राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

यसैगरी मन्त्रिपरिषदको बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा सुनिल पौडेललाई नियुक्ति गरेको छ ।