आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

गोकर्णेश्वर खबर१६ चैत्र २०७८, बुधबार १५:४२ मा प्रकाशित (२ साल अघि) ४७० पाठक संख्या

१६ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा न ५ ले खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । वडाले मंगलबार एक कार्यक्रमका बीच विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी र वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्यालले संयुक्त रुपमा विध्यालयका प्रध्यानाध्यापक राघव दवाडी एवम् विद्यार्थीहरुलाई विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । वडाले टेवलटेनिस बोर्ड, बास्केटबल, भलिबल, भलिबल नेट, टेनिस ब्याट, नेट लगायतका खेल सामग्रीहरु वितरण गरेको छ । कार्यक्रममा वडा न ५ का वडा सचिव, शिक्षक, शिक्षिका र उल्लेख्य संख्यामा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।