आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

१९ गते उच्च माध्यमिक विद्यालय स्तरिय दौड प्रतियोगिता हुने

गोकर्णेश्वर खबर१६ चैत्र २०७८, बुधबार १५:२५ मा प्रकाशित (२ साल अघि) २२५ पाठक संख्या

१६ चैत, काठमाडौं । मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानले गोकर्णेश्वर नगरपालिका उच्च माध्यमिक विद्यालय स्तरिय दौड प्रतियोगिता तथा भेट्रान्स खेलाडी सम्मान कार्यक्रम गर्ने भएको छ । प्रतिष्ठानले चैत्र १९ गते शनिबार दौड प्रतियोगिता तथा भेट्रान्स खेलाडी सम्मान कार्यक्रम गर्ने भएको हो ।

संस्थाका अध्यक्ष अशोक विष्टले जानकारी गराएका छन । दौड प्रतियोगितामा २९ वटा उच्च माध्यमिक विद्यालयबाट २÷२ जना महिला पुरुष खेलाडी गरि कुल ११६ जना खेलाडीहरुको सहभागीता रहने छ । प्रतियोगितामा प्रथमले नगद रु बीस हजार, द्वितीयले पन्ध्र हजार तथा तृतीयले दश हजार पुरस्कार पाउने छन् । विजयीले नगदसहित प्रमाण पत्र र मेडल समेत पाउने छन् ।