आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गोकर्णेश्वर मेयर कप विद्यालयस्तरीय भलिबलमा चामुण्ड मावि प्रथम

गोकर्णेश्वर खबर१३ चैत्र २०७८, आईतवार ०९:३२ मा प्रकाशित (२ साल अघि) ४१८ पाठक संख्या

१३ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा मेयर कप विद्यालयस्तरीय भलिबल प्रतियोगितामा चामुण्ड मावि प्रथम भएको छ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा कान्ति भैरव गुरुकुल दितीय र सहयोगी मावी तृतीय भएका छन् ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर युवा जागरण क्लबका अध्यक्ष विकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विशेष अतिथि उप मेयर शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद उप शाखा प्रमुख राम नारायण शाह, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, बाल सुधार माबीका प्रधानाध्यापक हेमराज घिमिरे, गोकर्णेश्वर युवा जागरण क्लबका अध्यक्ष विकेश श्रेष्ठ लगायतको आतिथ्यतामा भएको थियो ।

गोकर्णेश्वर युवा जागरण क्लबले संयोजन गरेको प्रतियोगिता वडा नं २ स्थित बाल सुधार मावीको खेल मैदानमा भएको थियो । शनिबार सम्पन्न प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रममा भलिबलका विभिन्न विधामा उत्कृष्ठ खेलाडीहरुलाई ट्रफी तथा मेडलले पुरस्कृत गरिएको थियो ।