आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

चिनियाँ विदेशमन्त्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल साङ्केतिकरुपमा हस्तान्तरण गर्ने 

गोकर्णेश्वर खबर१२ चैत्र २०७८, शनिबार १५:११ मा प्रकाशित (२ साल अघि) ४८४ पाठक संख्या

कास्की, चैत १२ गते । तीनदिने नेपाल भ्रमणमा रहनुभएको चिनियाँ विदेशमन्त्री वाङ यीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण–क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीका अनुसार शनिबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ विदेशमन्त्री वाङले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नेछन् ।

सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । मुख्य निर्माणकार्य र यान्त्रिक जडानको काम सम्पन्न भएकाले विमानस्थल हस्तान्तरण गर्न लागिएको हो ।