आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

खेलकुदका लागि पर्याप्त बजेट छुट्याउने गोकर्णेश्वर मुलुककै पहिलो नगरपालिका : मेयर चालिसे

गोकर्णेश्वर खबर१० चैत्र २०७८, बिहीबार १५:३० मा प्रकाशित (२ साल अघि) ४५९ पाठक संख्या

१० चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वर खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउने मुलुककै पहिलो नगरपालिका भएको बताएका छन् । आज नगरपालिकाको युवा तथा खेलकुद विकास समितिको कार्यालय उद्घाटन गर्दै मेयर चालिसेले खेलकुदले नगरपालिकाको शान र नाम बढाएको भन्दै खेल क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गरेको बताए ।

उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर विशेष वजेट सहित अगाडी बढेको बताए । देशभरमै गोकर्णेश्वर नगरपालिका खेलकुदको क्षेत्रमा अगाडी बढेको सुन्न पाउँदा खुसी लागेको समेत बताए ।

मेयर चालिसेले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा ब्याटमिण्टनका कोर्टहरु, कराँतेका हलहरु, भलिबलका कोर्टहरु बनिरहेका र २ वटा फुटबल ग्राउण्ड समेत १ महिना भित्रै तयार हुने गरी निर्माण भईरहेको जानकारी दिए । उनले मार्सलआर्टका धेरै खेलकुद र राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी, प्रशिक्षक समेत यसै नगरपालिकामा भएकोले खेलकुदलाई प्रोत्साहन गर्ने गरी काम गरिरहेको दावी गरे ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उप मेयर शान्ति नेपाल, कामपा वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं. ३ का अध्यक्ष राजेन्द्र भण्डारी, वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का अध्यक्ष रमेश अर्याल, वडा नं. ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, वडा नं. ९ का अध्यक्ष राजिव थापा, प्रमुख सल्लाहकार दीपक रिसाल, नेपाली कांग्रेसका युवा नेता विमल ठकुरी, श्रीराम चालिसे लगायतको उपस्थिती रहेको थियो ।