आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सुनको मूल्य १ लाख नाघ्यो

गोकर्णेश्वर खबर१० चैत्र २०७८, बिहीबार १३:०९ मा प्रकाशित (२ साल अघि) ४१५ पाठक संख्या

१० चैत, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख तीन सय रुपियाँ तोकिएको छ । अघिल्लोदिन प्रतितोला ९९ हजार दुई सय रुपियाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला एक हजार एक सय रुपियाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपियाँ छ । यसको मूल्य बुधबार प्रतितोला ९८ हजार सात सय रुपियाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार ३७५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।