आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

नेपाली काँग्रेस गोकर्णेश्वर २ इकाईमा टोल कार्यसमिति गठन सम्पन्न

गोकर्णेश्वर खबर९ चैत्र २०७८, बुधबार ०८:२७ मा प्रकाशित (३ साल अघि) ३६४ पाठक संख्या

९ चैत, काठमाडौं । नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. २ इकाईमा टोल कार्यसमिति गठन सम्पन्न भएको छ । चैत ५ गतेदेखि ८ गतेसम्म ४ दिनमा ६ वटा टोलमा कार्यसमिति गठन भएको इकाई सभापति दिपेन्द्र कुमार लामाले जानकारी दिए ।

पाखाथोक टोल कार्यसमितिको सभापति कृष्णमुरारी भण्डारी, भुमस्थली टोल कार्यसमितिको सभापति कृष्णकाजी श्रेष्ठ, राईटार–गल्मटि टोल कार्यसमिति सभापति चन्द्रमान तामाङ, पण्डित गाउँ टोल कार्यसमिति सभापति रवि कुमार पण्डित, नयाँपाटि टोल कार्यसमिति कार्यसमिती सभापति राजु तिमिल्सिना र भुइँगाऊ टोल कार्यसमिति सभापति महावीर तामाङ रहेका छन् ।

गोकर्णेश्वर वडा नं. २ इकाइ नगरपालिकामा सबै टोल कमिटि गठन गर्ने पहिलो इकाई भएको सभापति दिपेन्द्र कुमार लामाले बताए ।